Section 23A
क्षतिपूर्ति, अतिरिक्त महसुल तथा जरिवाना लिन सकिने
: ग्राहक वा अन्य कसैले विद्युतको अनाधिकार उपभोग गरेमा वा ग्राहकले निर्धारित समयभित्र विद्युत महशूल नतिरेमा प्राधिकरणले त्यस्तो ग्राहक वा विद्युतको अनाधिकार उपभोग गर्नेसंग तोकिए बमोजिमको जरिवाना, क्षतीपूर्ति तथा अतिरिक्त महशूल लिन सक्नेछ ।